१५ असार २०७७ काठमाडौं । ‘प्रगतिशील सांस्कृतिक कर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानल’ राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका छन्। आइतबार माइतीघर मण्डलामा भेला भइ उनीहरुले विरोध प्रदर्शन गरेका थिए । प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुले नाराबाजीसहित माइतीघरबाट सुरु गरेको विरोध प्रदर्शन बानेश्वरमा पुगेर कोणसभा गरी सम्पन्न गरेका थिए ।सो सभाको संचालन कवि बलराम तिमल्सिनाले गरेका थिए भने सौन्दर्य चिन्तक निनु चापागाईं, आख्यानकार इस्लामी र कवियत्री सकुन्तला जोशी लगायतले मन्तव्य धारणा राखेका थिए ।