उपत्यकामा छाडा साँढेहरुको विगविगी बढ्दै


१३ असार २०७७ काठमाडौं । लकडाउन खुकुलो भएसँगै उपत्यकाका सडकमा छाडा साँढेहरुको विगविगी बढ्न थालेको छ ।सवारी साधन प्रशस्त गुड्ने सडकमा जोरबिजोर प्रणाली लागू भएसँगै सवारी साधन पातलिएको हो तर साँढेहरुको विगविगी हुल भने बढ्न थालेको हो । शंखमुलमा सानो सडक छ जहाँ प्राय : साँढेहरुको दिनदहाडै बासस्थान बन्नाले सवारी चालकलाई साधन चलाउनै गाह्रो परिरहेको छ । छाडा पशुहरुलाई नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने जनगुनासो यत्रतत्र फैलिन थालेको पनि छ ।

शंखमुलमा मात्रै होइन महालक्ष्मी नगरपालिकाको रातामकै चोकतिर पनि यस्ता छाडा साँढेहरु प्रशस्त भेटिन्छन् । साँढे तथा बाच्छाहरुलाई नै कोरोना संक्रमण भइहाल्यो भने स्वत : संक्रमण मानिसहरूमा नसर्ला भन्न सकिन्न ।त्यसैले समयमै पशुलाई छाडा छोडेर भन्दा नी नियन्त्रण गरेर स्वस्थ सडक स्वस्थ वातावरण बनाउन आवश्यक छ ।छाडा पशुहरु
कै कारण कतिपय दुर्घटना हुने गर्दछ । साँढे छोडेर भन्दा नी गोठमा कँज्याएर राख्नु राम्रो हुने पशु विज्ञहरुले भनाइ रहेको छ ।सडक हराभरा बनाउन सबै स्थानीयको ध्यान पप्नु जरुरी छ ।

newskiran.com

newskiran.com

You May Also Like