प्याब्सनको केन्द्रीय योजना कार्यान्वयन गर: रत्न महर्जन


११ असार २०७७ ललितपुर । निजी विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य रत्न महर्जनले प्याब्सनको केन्द्रीय योजना जिल्ला र नगरहरुमा लागू गर्नुपर्ने बताएका छन्। विहिबार ललितपुर महालक्ष्मी नगर प्याब्सनको सरोकारवालाहरुसँगको बहस कार्यक्रममा महर्जनले सो कुरा बताएका हुन् । कार्यक्रममा ललितपुरका जिल्ला उपाध्यक्ष तारा खनालले शिक्षकहरुलाई स्कुलले बाह्रै महिनाको तलब दिनुपर्ने बताएका छन् । उनले थपे शिक्षकलाई बाह्र महिनाको तलब दिनकै लागि नै प्याब्सनले विद्यार्थीसँग शुल्क उठाउन लागेको बताए ।
४० भन्दा बढी स्कुल रहेको महालक्ष्मी नगर प्याब्सनको अवधारणा राख्दै महालक्ष्मी नगरका प्याब्सन अध्यक्ष कैलाश मल्लले स्कुलको घरभाडा तिर्न र शिक्षकलाई तलब खुवाउन पनि विद्यार्थीसँग फि उठाउनुको विकल्प नभएको तर्क गरेका छन्।उनले चार /५ महिना देखि नै शिक्षकलाई प्राय:सबै स्कुलबाट तलब दिन नसकेपछि अभिभावकहरुसँग फिस तिर्न आग्रह गरिएको बताए । सरकारी निकायबाट पनि वैकल्पिक सिकाइ पद्धति अपनाउन संकेत गरिएकाले आफूहरुले वैकल्पिक अनलाइन क्लास मार्फत विद्यार्थीलाई पढाएको र असार ७ गतेको नगर प्याब्सनकै निर्णय अनुसार शुल्क मागेको पनि तर्क गरेका छन् । कार्यक्रममा ललितपुर जिल्ला प्याब्सनका कोषाध्यक्ष सुन्दर श्रेष्ठ लगायत महालक्ष्मी नगरका बहुसंख्यक स्कुलका प्रधानाध्यापक, युवा समाज र विद्यार्थी संगठनका प्रतिनिधि आवद्ध सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like