११ असार २०७७ ललितपुर । हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने महालक्ष्मी नगरपालिकाका सडकहरु समयमा मर्मत सम्भार नहुँदा सवारी साधन गुड्न असहज भएका छन्। नगरपालिका कार्यालयबाट १ किलोमिटर दुरीमा रहेको भट्टा देखि डनबक्सो स्कुल नजिकै खोला सम्मको सडक र पुल मर्मत समयमा नहुँदा सवारी साधन गुड्न असहज भएको हो ।सके चैत मसान्त नसके असार मसान्तसम्म भएनी पिच भइसक्नु पर्ने र पुल बनिसकेकोमा हालसम्म आधाकसम पनि नसकिएको जनगुनासो बढ्न थालेको छ ।कोरोना संक्रमणबाट बच्न गरिएको लकडाउनले सडक मर्मतमा कुनै असर नपारेको पनि एक स्थानीयले बताए ।
लकडाउनमा विभिन्न वडाहरुमा थालिएको बेरोजगार श्रमिक व्यवस्थापन अभियान यस्ता सडकमा लगाउन सके समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने पनि उनले बताए । उनी लुभुका किसान भीम हुन्।जहिले चैत र असारमा नै यस्ता सडकले मुहार फेर्ने गर्छन् तर यसपालि केहि समय लकडाउनले भने असर नगरेको होइन्। भित्री सडक मर्मत सम्भार भन्दानी यस्ता मूल सडक चाँडै बन्नु पर्ने एक निजी स्कुलमा पढाउने शिक्षकले बताए ।