१० असार २०७७ काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईइ) को आन्तरिक मूल्याङ्कन आगामी असार २० गतेसम्म सम्बन्धित विद्यालय रहेको जिल्लाका शिक्षा विकास तथा जिल्ला समन्वय इकाइमा पठाइसक्नुपर्ने सूचना जारी गरेको छ ।असार ३० गतेसम्म समन्वय इकाइले प्रमाणितका लागि पठाउनुपर्ने समय सिमा पनि तोकिसकेको छ ।
परीक्षा बोर्डका अनुसार विद्यालयहरुले अनिवार्य रुपमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को अनुसूचि २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी अन्तिम मूल्याकंन विवरण तयार गर्नुपर्ने छ।
कतिपय क्वारेन्टाइनको रुपमा प्रयोग भएका विद्यालयहरुबाट विद्यार्थीको अभिलेख तयार गर्नका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरी सहजीकरण गरेर भएपनि मूल्याङ्कन तयार गर्न सहजीकरण गर्न बोर्डले सूचना जारी गरेको छ ।
गत असार ८ गते राष्ट्रिय बोर्डले कार्यविधि जारी गरी आन्तरिक मूल्याङ्कन गर्ने बाटो खुला गरिसकेको छ ।