सामाजिक दुरी उलङ्घन हुँदै


१० असार २०७७ काठमाडौं ।असार १ बाट लकडाउन खुकुलो गरेको सरकारले भीडभाड पनि खुकुलो गरेको बुझिएको छ। प्राय:बजार बसपार्क र आन्दोलन स्थलहरुमा मानिसहरुको घुइँचो देखिन थालेको छ।अझ आन्दोलनमा देखिने सुरक्षा कर्मीको लहर होस् वा आन्दोलित दलहरुले उचालेका कार्यकर्ता हुन उनीहरुले सामाजिक दुरी कायम गर्न भुलिरहेका छन्।

जनताको सेवामा दिनरात सडकमा खटिएको प्रहरी टोलीले पनि आफ्नो स्वास्थ्यको दिनानुदिन ख्याल गर्न जरुरी छ ।कोरियाले कसैलाई चिन्दैन् चाहे त्यो प्रहरी वा आन्दोलनकारी नै किन नहोस्।झडप हुँदा एक्कासी सामाजिक दुरी उलङ्घन हुन्छ । तर स्वास्थ्यकर्मी घटना स्थलमा हुँदैन् ।त्यही भएर पनि त्यस्ता ठाउँहरुमा होसियारी पूर्वक रोगबाट जोगिन भौतिक दुरी कायम गर्नु पर्छ ।

२०६२/०६३ जनआन्दोलन भाग -२ भनिएर गरिएको रत्नपार्क आन्दोलन अहिले माइतीघर आन्दोलनमा सरेको छ । तात्कालीन शाही सरकार विरुद्ध विशेषत कांग्रेस र एमाले दलद्वारा रत्नपार्क
मा झन्डै ४ महिना कपर्दी स्टाइलको आन्दोलन गरिएको थियो ।त्यतिखेर पनि कयौं झडप भए ।आन्दोलनकारीलाई दबाउन पानीको फोहोरा,लाठी चार्ज लगायतका उपचार पद्धति प्रहरी टोलीले नअपनाएको होइन्। आन्दोलनकारीले पनि ईटा झडप सम्मको आन्दोलन गर्दा कयौं घरहरुका ईटा प्रयोग नगरेका होइनन्।जे होस अहिलेको परिस्थिति तात्कालीन खालको छैन् ।अहिले कोरोना भाइरस संक्रमणबाट बच्न गरिएको लकडाउन हो ।यो अदृश्य रोग संक्रमणबाट बच्न आत्म निर्भर रहनु नै अहिलेको अपरिहार्यता हो ।

अहिलेको आन्दोलन एमसीसी,सीमा र कोरोना विरुद्ध सत्ता बाहिर रहेका मसिना दलद्वारा गरिएको छ ।अहिले राष्ट्र र राष्ट्रियता जोगाउनका लागि जनताद्वार गरिएको आन्दोलन भनेर ११ मसिना दलको मोर्चा बन्दी बनेको छ ।सरकारलाई खबरदारी मात्र गर्ने सडक दलले कहिले सत्तामा पुगेर, सम्हालेर राष्ट्र निर्माण तर्फ लाग्ला भन्ने प्रश्न चाहिं भोलि नबन्ला भन्न सकिन्न ।नेताले समाज अनुसार राजनीति गर्ने हो वा समाज बदल्न राजनीति गर्ने?नेतामा नेतृत्व गुणको ह्रास हुँदै गरेको नेपाली राजनीतिक परिवेश त कतै होइन्? सबै दलका नेताले सोच्ने बेला आएको होइन र राष्ट्र र राष्ट्रियता अनि जनताको जनजीविकाबारे ।
यो फोटो फेसबुकबाट साभार

newskiran.com

newskiran.com

You May Also Like