पाटन सुन्धाराबाट बग्न थाल्यो पानी


१० असार २०७७ ललितपुर । हिउँदमा सुख्खा रहने ललितपुरका ऐतिहासिक ढुङ्गेधाराहरु मध्येको एक धारा सुन्धाराबाट बर्खा लागेसँगै पानी बग्न थालेको छ। झट्ट सुन्दा सुन्धारा काठमाडौंको धरहरा नजिकै रहेको धारा हो भन्ने बुझिन्छ तर यो यो दृश्यमा देखाइएको धारा पाटन सुन्धारको हो ।पाटनमा रहेको यस सुन्धारा बर्खामास यसरी नै रसाउने गर्छ।करीब ९० स्थानमा रहेका यस्ता धाराहरु ऐतिहासिक मानिन्छन् र पनि यिनीहरुको मर्मत सम्भार नहुँदा जीण बन्दै गएको देखिन्छ।

हिउँदमा पानी नबगेता पनि बर्खामा सिलसिल भएनी बग्ने यस्ता धारहरुको मुहान पहिचान गरी संरक्षण र सम्बर्द्धन तर्फ लाग्न सके पाटनवासीलाई धेरथोर पानी अभाव बाट मुक्ति मिल्ने देखियता पनि सम्बन्धित निकायको ध्यान नपुगेको मान्न सकिन्छ । स्थानीय नानीमैयाका अनुसार पहिचान गर्न गाह्रो हुन्छ ।सुन्धारा,सिन्चाहिटी,बंगलामुखी धोवीघाट,कनिवहाल लगायत ठाउँमा असर महिनाको सुरुवातीसँगै यस्ता धाराहरु रसाउन थालेका छन्।धाराबाट पानी आउन थालेपछि भाडामा बस्नेहरु रमाउन थालेको बुझिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like