नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जेएन वान देखियो-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जेएन वान नेपालमा देखिएको छ ।२ दिन अघि सो भेरियन्ट आएको विज्ञप्तिमा उल्लेख छ । यससँगै स्वास्थ्य संस्थालाई तयारी रहन निर्देशन पनि दिइएको छ ।

पछिल्लो समय भारत र चीन सहित विश्वका विभिन्न देशमा देखिएको कोभिड १९ को सब भेरियन्ट नेपालमा पनि देखिएकाले स्थानीय तहका स्वास्थ्य चौकी , जिल्ला अस्पताल , सामुदायिक अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन् ।

मन्त्रालयका अनुसार, कोभिडको नयाँ भेरियन्ट काठमाडौं, पोखरा र चितवनलगायत स्थानमा जेएन डट वान देखिएको छ ।

भारत र चीनका सिमावर्ती क्षेत्रहरु नजिकका नाकाहरुबाट संकलन गरेका नमुनामा भने हालसम्म नयाँ भेरियन्ट नदेखिएको जनाइएको छ । भूकम्प, नाकाबन्दी र कोभिडबाट भर्खरै तङ्ग्रिन थालेको तर जनतामा परेको आर्थिक संकटमा खासै सुधार आइ नसकेको अवस्थामा यस नयाँ भेरियन्टको हल्लाले खासै जनमानसमा सन्त्रास नफैलाउने एक स्वास्थ्यकर्मीले बताए ।
यस्तो छ मन्त्रालय विज्ञप्ति