लकडाउन खुकुलिएसँगै सडक भीड ह्वात्तै बढ्यो


६ जेठ २०७७ ललितपुर । लकडाउन खुकुलो भएसँगै सडक बजार भीड ह्वात्तै बढ्न थालेको छ ।जोर बिजोर प्रणाली सरकारले लागू गरेसँगै सडकभीड बढेको र बजारखुलेसँगै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका स्थानीय सडक बजारमा मानव भीड बढ्न थालेको हो ।शनिबार अरु दिनको तुलनामा सडक भीड देखिएको हो ।

लकडाउन अघि लगनखेलमा सडक बजारले मानव सागर खडा गर्थ्यो ।यसपालि लकडाउनले न बजार चलेको छ न सडक भीडभाडको निरन्तरता भयो भन्छन् एक कागती पसले ।उनले दुईचार दिन भयो फाट्टफुट्ट पसल खुलेका छन्।उनले केहि दिनपछि लकडाउन दोहोरिने भन्ने हल्ला बजारमा चलेको छ।त्यसैले सामान किन्नेहरुको भीड बढेको होला ।त्यसो त शिक्षण संस्था र पर्यटन व्यवसाय बाहेक प्राय: अफिस खुलेका छन्। अफिस खुलेपनि लकडाउनका कारण चैत बैशाख देखिकै तलब आफ्ना कर्मचारीहरुलाई दिन नसकेको एक व्यवसायीले बताए ।उनले लकडाउन बढेको बढेकै छ न घरभाडा तिर्न सकिन्छ न कर्मचारीहरुलाई तलब खुवाउन सकिन्छ। दशैं अघिसम्म यस्तै अवस्था रहयो भने रोग र भोकले काठमाडौं उपत्यकालाई धेरै असर गर्ने न्युजकिरण डटकम अनलाइन खबरलाई बताए ।

newskiran.com

newskiran.com

You May Also Like