महालक्ष्मीमा जुम क्लासको लोकप्रियता बढ्दो


४ असार २०७७ ललितपुर । महालक्ष्मी नगरपालिकाका विद्यालयमा रेडियो र टेलिभिजन भन्दा जुम क्लासको लोकप्रियता बढ्दै गरेको बुझिएको छ। निजी तथा गुठी विद्यालय तहका बालबालिकाहरुलाई सिकाइमा कसरी निरन्तरता दिन सकिन्छ भनेर महालक्ष्मी नगरपालिकाले प्रधानाध्यापकहरुको बैठ्क गरेको छ।नगरका विद्यालयका प्रधानाध्यापकहरुसँग नगरपालिकाले कसरी शिक्षण सिकाइ गर्ने विषयमा विहिबार केहिबेर बैठ्क गरेको थियो ।नगरका मेयर रामेश्वर श्रेष्ठले वैकल्पिक शिक्षण सिकाइमा विद्यार्थीहरुको स्मरण बुझेर बुझाउन सक्ने क्षमता शिक्षकमा हुनुपर्छ भनी तर्क राखेका थिए ।

बैठ्कमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि नगरपालिकाले तयार गरेको वर्क बुकको १ कपी प्रधानाध्यापकहरुलाई दिइएको थियो ।
नगरपालिकाले यसअघि वैकल्पिक शिक्षण सिकाइ विषयमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग केहि दिन अघि छलफल गरेको थियो । नगरभित्र सामुदायिक, गुठी र निजी गरी जम्मा ६२ वटा विद्यालयहरु संचालित छन् । विद्यार्थी हरुका लागि जुम क्लास र रेडियो टेलिभिजनबाट पढाइ भइरहेको प्याब्सनका एक नगर सदस्यले न्युजकिरण डटकम अनलाइनलाई जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like