दश दलले गरे माइतीघरमा प्रदर्शन सभा


२ असार २०७७ ।नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव परि थापाले एमसीसी जस्ताको तस्तै कार्यान्वयन नगर्न सरकारलाई चेतावनी दिएका छन्।मंगलबार दश दलीय गठबन्धनले गरेको विरोध प्रदर्शन सभामा बोल्दै थापाले एमसीसी अहिलेकै अवस्थामा पारित भए देश रहने वा नरहने भन्ने परिस्थिति आउन सक्छ ।त्यसैले, यसलाई पास गर्नु हुन्न ।देश रहे जनता रहने र जनता रहे शान्ति समृद्धि र विकासको सरकारी नारा सार्थक बन्ने छ ।नत्र के काम उनले रोष प्रकट गरे ।उनी कार्यक्रममा प्रमुख वक्ता समेत रहेका थिए । पर्दशन सभामा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, नेकपा (माले) का पिबिएम सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्मर कार्की, नेकपा (माओवादी–केन्द्र) का पिबिएम तिलक थापा मगर, नेकपाका केन्द्रीय उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का नारायण थापा र राष्ट्रिय जनजागरण परिषद्का सुधीर कर्माचार्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

आयोजक दश दलीय मोर्चाले घोषणा गरेको एमसीसी खारेजीको संघर्षमा विभिन्न संघ संस्था तथा संगठनरुले ऐक्यबता जाहेर गरे ।एमसिसी खारेज अभियानका आरसी न्यौपाने, युवा विद्यार्थी अभियान,नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) का भावना विद्रोही, हाम्रो पार्टी नेपालमा ब्रह्माण्ड, पुष्पलाल अध्ययन समाज काठमाडौँका बोर्णबहादुर कार्की र युवाविद्यार्थी अभियानका घाइते निरज नवीन, नेपाल राष्ट्रियता तथा जनअभियान संरक्षण मञ्च लगायतले ऐक्यबद्धता प्रकट गरेका थिए । कार्यक्रममा ३ सयका हाराहारीमा जनमास सहभागी थिए ।

newskiran.com

newskiran.com

You May Also Like