लकडाउन मोडालिटी अनुसार कर भदौमा तिर्नुपर्ने

२ असार २०७७ काठमाडौं । लकडाउन मोडालिटी अनुसार अब व्यवसायीले भदौको तेस्रो हप्ताबाट मात्र कर तिर्दा हुने भएको छ। नेपाल सरकारले व्यवसायीलाई आउँदो असार ७ गतेसम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले भनेपछि कर तिर्ने अवधि बढ्दै गरेको हो । गत बुधबार दिइएको अन्तरिम आदेशलाई खारेज गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतले लकडाउन समाप्त भएको ३० दिनपछि मात्रै कर उठाउन आदेश दिएको छ । सर्वोच्च अदालतले लकडाउन सकिएको ३० दिनपछि मात्रै कर उठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । ११ चैत यता लकडाउन जारी भएपछि चैत मसान्तमा तिर्नुपर्ने कर एक महिनाको लागि म्याद सरेको थियो । तर, लकडाउन बढ्दै गएपछि कर तिर्ने समय पनि थप हुँदै आएको छ ।

यस अघि सरकारले जेठ २५ गतेभित्रमा कर तिर्न सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सरकारको यस्तो सुचनाको सर्वत्र विरोध भएपछि कर तिर्ने समय असार ७ गतेसम्म बढाइएको थियो । लकडाउनकै बीचमा कर तिर्न सरकारले ताकेता गरेको भन्दै सर्वोच्चमा रिट परेपछि लकडाउन सकिएको ३० दिनपछि मात्रै कर उठाउन सरकारका नाममा अन्तरिम आदेश जारी भएको हो ।

सरकारले यही बीचमा लकडाउनलाई विस्तारै खुकुलो बनाउने भन्दै ५१ दिनको कार्ययोजना सार्वजनिक गरिसकेको छ।
जारी गरेको नयाँ कार्ययोजना अनुसार पहिलो २१ दिनको लागि एउटा मोडालिटी, त्यसपछिको १५ दिनको लागि अर्को मोडालिटी र त्यसपछिको १५ दिन अर्को मोडालिटी अपनाउने भन्दै ५१ दिनको कार्ययोजना पनि सार्वजनिक गरिसकेको छ । सार्वजनिक मोडालिटी साउन २० गतेसम्मको छ । लकडाउन पूर्णरूपमा हटेको ३० दिनपछि मात्रै कर लिदा सरकारले भदौ तेस्रो सातादेखि मात्रै कर उठाउन पाउनेछ भन्ने खबर नयाँ सडकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like