हेमन्तप्रकाश वली सुदर्शनकाे घरमा प्रहरीले टाँस्यो पक्राउ पूर्जी

क्रान्तिकारी कम्यूनिष्ट पार्टि नेपालका केन्द्रिय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनकाे घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेकाे छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख छ ।

बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन सकेकाे छैन ।

आइतबार जिल्ला अदालत काठमाडाैकाे मुद्दा न. ०७५ ऋ१ २०४३ , राेहन गुरूङकाे जाहेरिले वादी नेपाल सरकार प्रतिबादी नेत्र बिक्रम चन्द समेत भएकाे बिष्फाेटक पदार्थ, ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दामा नेता सुदर्शनकाे घरमा पैतिस दिने पक्राउ पुर्जी पुर्याइएकाे थियो । यस सम्बन्धमा पार्टीबाट कुनै प्रेस विज्ञप्ति आएको छैन् ।

स्रोत:जन बिहानी अनलाइन न्युज