१ असार २०७७ ललितपुर । पानी परेसँगै ललितपुरका किसानहरुले धान रोप्न सुरु गरेका छन् । काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका किसानहरुले पानी परेसँगै रोपाइँ सुरु गरेका हुन्। किसानका लागि मुठी खाएर मुरी उब्जाउने महिनाका रुपमा असार र साउनलाई लिइन्छ । काठमाडौं उपत्यका पानीको हिसाबले मुहान वा कुलो त्यति नहुने कारण किसानहरु पानी परेको बेलामा आफ्नो खेतमा धान रोप्ने गर्दछन्।आकासे खेतीको रुपमा उपत्यका भरिका किसानहरुले धान रोप्न सुरु सोमबारबाट सुरु गरेका हुन् ।बारका हिसाबले पनि बीउबिजनको सुरुवातका लागि उत्तमबार सोमबार मानिन्छ ।
प्रौराणिक कथन अनुसार काठमाडौं उपत्यका पानीले भरिएको खाल्डो दह थियो ।मञ्जुश्रीले खडगले पहाड काटेर पानी बाहिर पठाएपछि बनेको खेतीयोग्य जमिन अहिले घरैघरले भरिएको छ।चास्सचुस्स बाँकि रहेका जमिनमा किसानहरुले असार महिनामा धान रोप्ने गर्दछन् ।धान रोप्न सुरु भएपछि किसानहरुलाई कामको चटारो छ।
उनीहरु असार पन्ध्रमा दही चिउरा खान्छन् भने साउन पन्ध्रमा खिर खाएर रोपाइँ गर्छन् ।रोपाइँका लागि खेताला नपाएर हैरान भएका किसानहरुले यसपालि लकडाउनका कारण प्रशस्त खेताला पाइरहेका छन्।त्यसो त आफ्नै घरका परिवारहरु पनि लकडाउनका कारण घरमै भएर उनीहरुलाई रोपाई गर्न सजिलो नभएको होइन्- हरिसिद्धिका किसान रामले बताए ।उनले थपे घरकै मान्छे पनि यसपालि खाली छन् ।अझै केहि समय लकडाउन खोलिएन भने रोपाइँ सहज हुने उनले बताए।