असार १ बाट जोरबिजोर गाडी चल्ने


१ असार २०७७ काठमाडौं । असार १ देखि सवारी नियम जोर बिजोर प्रणाली गरिएको छ।बाइक,स्कुटी बाहेक निजी सवारीलाई जोर गते जोर र बिजोर गते बिजोर चलाउन आग्रह गरिएको हो।बाइक चलाउनेले एकजना यात्रु मात्र पनि पछाडि राख्न पाउने छैन् ।यस अघि बाइकलाई जोर बिजोर प्रणाली लागू नहुने भनियता पनि असार १ गतेबाट जोर बिजोर प्रणाली नै गरिएको एक प्रहरीले चेकजाँचमा भने । यात्रुको बाध्यतालाई मध्य नजर गरेर चेकजाँच गरिएको ट्राफिक प्रहरी बताउँछन्। साँघुरो बाटो र चेकजाँचमा सुस्तता आउँदा भीडभाड र जाममा नै रोग सर्ने खतरा महशुस गरेका छन् ।चैत्र ११ गते सुरु भएको लकडाउन ३ महिना पुग्न दश दिन मात्र बाँकि छ ।यस अवधिमा उपत्यकामा न रोजगार न राहत भएर बस्न नसकि कयौं मजदुर हरु बेहाल भइ आफ्नो घर पनि फर्किसकेका छन् लडाउनले निजी अफिसमा काम गर्ने धेरै जसो बेरोजगार भएका छन् भने कतिको त फागुन चैतदेखि काम न तलब भएको गुनासो आउन थालेको छ।

newskiran.com

newskiran.com

You May Also Like