नेपालले सच्चा नेपालको नक्सा पाउँदै:भूसाल


३२ जेठ २०७७ काठमाडौं । पूर्व मन्त्री एवम् ललितपुर जिल्ला सभासद पम्फा भुसालले नेपालले सच्चा नेपालको नक्सा पाएको बताएकी छिन्। शनिबार नेपालको गुमेको भुभाग लिम्पियाधुरा,
कालापानी र लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर्नेबारे संसद हलमा बहुमत सभासद्को निर्णयले नक्सा पास भएपछि नेपालले सच्चा नेपालको नक्सा पाएको उनले बताएकी हुन् ।आइतबार ललितपुरको लगनखेलमा भएको दीप प्रज्वलन कार्यक्रममा भूसालले अहिलेको आवश्यकता कोरोनासँग बच्नु पनि हो । नेपालले आफ्नो गुमेको भूमि फिर्ता पाएकोमा आफ्नो पार्टीले खुशी स्वरुप दीप प्रज्वलन गरेको बताएकी छिन्।लकडाउनका कारण जनसमुदायमा असर परिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियता सम्बन्धी कुरो पार्टीले विगत देखि नै उठाइ रहेको बताइन् ।कार्यक्रममा हरि दाहाल( ललित) र हरिकृष्ण व्यञ्जनकार लगायत नेताहरुको विशेष उपस्थितिमा गरिएको र दर्शकहरु बाक्लै रहेको न्युजकिरण संवाददाताले बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like