नेपालको पशुपति मन्दिरमा दर्शन गरेपछि मन आनन्दित भयो: विदेशमन्त्री जयशंकर

भारतीय विदेशमन्त्री डा एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष दर्शन(पूजा)गरेका हुन्।

पशुपति पुगेको तस्बिर ट्विटरमा सार्बजनिक गर्दै उनले दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेको बताए। पशुपतिनाथको दर्शन गरेपछि मन आनन्दित भएको पनि उनले बताए।

जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन बिहीबार काठमाडौं आएका हुन् । भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका क्रममा नेपालका उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेको बताइएको छ ।