लकडाउन खुकुलो भएसँगै सडकमा यातायात बढे


३१ जेठ २०७७ काठमाडौं।लकडाउनको अन्तिम चरणमा रहेको सुनसान सडक मर्मत सम्भारले नयाँ स्वरुपमा देखिन थालेका छन्। चाबहिल कलङ्की,स्वयम्भू लगायत ठाउँका सडक मर्मत सम्भार भएपछि नयाँ स्वरुपमा देखिन थालेका हुन्।लकडाउनमा केहि हेरफेर गरेर सरकारले दुई पाङ्ग्रे सवारी साधनमा १ जना र निजी गाडीमा ३ जना हिंड्न पाउने व्यवस्था गरेको छ। उच्चस्तरीय समितिको सिफारिसमा मन्त्री परिषद्को जेठ २८ गते बुधबार बसेको बैठ्कले रातो प्लेटवाल गाडीलाई जोर बिजोर प्रणाली लागू गर्दै चलाउन निर्देशन दिएको थियो ।

२७ किलोमिटरको फन्कोवाल चक्रपथ सडक खन्ड लकडाउनमा थालिएका मर्मत सम्भारले सफाचट देखिनुका साथै नयाँ-नयाँ स्वरुपमा बदलिरहेका छन्।यात्रीहरुले समेत सडक मर्मत कार्यलाई सर्हानीय ठानेका छन्।सडक मर्मत सम्भार हुनुमा लकडाउन गरिनु र सडकमा गाडी नगुडेपछिको शान्त र सहजपनलाई लिन सकिन्छ ।उपत्यकाका सडकहरु ०७२ सालको भूकम्पअघि फराकिलो र भूकम्पपछि पीच भएको मानिन्छ ।कोरोना भाइरस बाट बच्न सरकारले गत चैत्रको दोस्रो हप्ता लकडाउन सुरु गरेयता सडक सुनसान बनेका थिए ।सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेकाले बुधबारदेखि यातायातका
साधन सडकमा फाट्टफुट्ट गुड्न थालेका छन्।

भक्तपुर गठ्ठाघर हाइवे

newskiran.com

newskiran.com

You May Also Like