लकडाउन स्वरुप परिवर्तन,पसल खुल्ला,गाडी जोर बिजोर चल्ने

width="574"
२९ जेठ २०७७ काठमाडौं ।कोरोना भाइरस संक्रमणबाट बच्न गरिएको लकडाउनको स्वरुप विहिबारबाट बदलिने भएको छ।बुधबार राति अबेरसम्म बसेको मन्त्रीपरिषदको बैठ्कले पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा संचालन गर्ने निर्णय गरेसँगै लकडाउन स्वरुप बदलिने भएको हो ।नेपाल सरकारद्वारा गठित उच्चस्तरीय समितिको सुझाव र मन्त्री परिषद्को निर्णय अनुसार २०७६ चेत्र ११ देखि जारी लकडाउनको (मोडालिटी)स्वरुपमा परिवर्तनको निर्णयसँगै पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन पाइने भएको छ । अब सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिनमा विरोज नम्बरका सवारी साधन सवारी धनीले चलाउन पाउने निर्णय भएको हो । । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने जनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like