साउदीको मोहमद अल मोजिल ग्रुप कम्पनीद्वारा नेपाली श्रमिकलाई तलब तथा सेवा, सुविधा लिन आउन आग्रह

एजेन्सी । साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेपछि तलब र सेवा, सुविधा नलिई बिदा भएकालाई सम्पर्कमा आउन भनेको छ । यो कम्पनीबाट ५७१ जना नेपाली श्रमिकले तलब तथा सेवा, सुविधा बापतको रकम लिन बाँकी छ । कम्पनीले तलबलगायत सुविधा नपाएका नेपाली श्रमिकको नाम सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाली कामदारहरूसँग सम्पर्क गराएर कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको जनाएको छ । दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकि नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको हो । दूतावासले सामाजिक सञ्जालमार्फत कम्पनीको सन्देश सार्वजनिक गरेको बताइएको छ ।यो खबर इनरुवा अनलाइन न्युजमा प्रकाशित छ ।