स्कुल नखुलेपछि विद्यार्थी हिलो खेल्न थाले


२७ जेठ २०७७ काठमाडौं। ललितपुर हात्तीवन स्थित एक पोखरी छ जहा बच्चाहरु हिलोमा खेलिरहेका हुन्छन्।विश्वभर कोरोना भाइरस संक्रमणबाट बच्न गरिएको लकडाउनले विद्यालय नखोलिंदा बच्चाहरु हिलोमा खेल्न बाध्य भएका हुन्।सरकारले स्कुल खुलाउने कहिले हो थाहा छैन् । विद्यार्थीका एक अभिभावकले भने -स्कुल खुलेपछि अभिभावकले बच्चा विद्यालय पठाउँछन् र आफू आफ्नो पेशा मा लाग्छन् तर स्कुल पो खुल्ने कहिले हो ? लकडाउनले सारा चिज डाउन भएको उनले बताए।ती अभिभावकले आफू एक प्लाष्टिक कारखानामा काम गर्ने बताए। काम छैन् दाम छैन्।दुवै नभएपछि माम कसरी हुन्छ ।लकडाउन बढ्दै गए श्रमिक एवम् गरीब वर्ग रोग भन्दानी भोकले मर्ने उनले बताए।लकडाउन भए यता उद्योग, कलकारखाना, निर्माण व्यवसाय सब बन्द छन्।

सरकारले चरणवद्ध रुपमा लकडाउन खोल्दै जाँदा भदौको दोस्रो हप्तातिर मात्रै स्कुल खोल्ने संकेत दिएको एक बोर्डिङ्का प्रिन्सिपलले बताए।लामो समय स्कुल बन्द भएपछि शिक्षक कर्मचारीको तलब दिन गाह्रो हुने र विद्यार्थीको पढाइ अनि भविष्य अन्योलतातिर धकेलिएको उनले न्युजकिरण अनलाइन सँगको भेटमा भने।त्यसैले सरकारले वैकल्पिक उपाय अपनाई शिक्षा स्वास्थ्य यातायात र उद्योगलाई अत्यावश्यक सेवामा राख्नुपर्छ भन्ने जनगुनासो यत्रतत्र सुनिन थालेको छ।

newskiran.com

newskiran.com

You May Also Like