भित्री सडक निर्माणमा सुस्तता, स्थानीयलाई कष्टकर


२७ जेठ २०७७ ।सडक निर्माण सुस्त हुँदा स्थानीयलाई कषट भएको छ। ललितपुर महानगरपालिका अन्तर्गत वडा नं २८ मा तारा ईट्टा भट्टा नजिकै रहेको बाटोमा पानी जम्नाले सबारी साधन गुडाउन असहज भएको छ।सडक निर्माण कार्यमा सुस्तता आएपछि स्थानीयले कष्टता झेल्नु परेको हो । हिउँदमा धुलो र बर्खामा हिलो हुने यस्ता भित्री बाटाहरु अनगिन्ती भएता पनि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ।

न्युजकिरण डटकम अनलाईन खबरले रिपोर्टिङका क्रममा यो तस्बीर लिएको हो।यस क्षेत्रमा रहेका साना गाउँ ठैबको बाटो होस् वा बाडेगाउँ को बाटो खाल्टाखुल्टी नभएका होइनन् ।बजेट निकासा भइरहेको छ तर काम पूरा नहुनुमा लककडाउनको रहेको एक स्थानीयले बताए।यस्तो बाटो सहरी क्षेत्रमा भएको भए सरकारी निकायको ध्यान चाँडै पुग्ने थियो ।चुनावताका राजनीतिक दल सम्बन्धित नेताहरुको चुनावी नारानै यस्ता बाटाघाटा निर्माणका हुने गर्दछन् ।चुनाव सकिएपछि उनीहरु सम्बन्धित इलाकामा फर्किदैनन्।त्यसैले पनि वर्ष बित्छ न यस्ता बाटा पिच हुन्छन् न सरकारले जनताका आवाज सुन्छ।

त्यसो त हात्तीवन गोदावरीको सडक अवस्था पनि त्यति राम्रो देखिदैन्। आन्तरिक पर्यटकहरुको गन्तव्य स्थल बन्दै आएको गोदावरी क्षेत्रमा सयौं सवारी साधन गुडने गर्दछन् त्यहाँको सडक अवस्था पनि त्यति गतिलो छैन्। हात्तीवन गोदावरी सडक २० मिटर चौडाइ गरेर पीच बनाउने भनियता पनि स्थानीय बासिन्दाले अबरोध गरेर सो काम हाल स्थगित रहेको बुझिएको छ।जे होस यस्ता विकास निर्माणका कामहरुमा अवरुद्ध हुँदा सामाजिक कार्यमा नै बाधा नपर्ला भन्न सकिदैंन सम्बन्धित निकायको ध्यान पुग्न जरुरी हुन्छ।
सिद्धिपुर महालक्ष्मी नगरपालिकाको एक सडक दृश्य
ललितपुर महालक्ष्मी नगरपालिका अन्तर्गत सिद्धिपुरमा पनि सडक गति उस्तै देखिएको छ। स्थानीय हरिगोविन्दका अनुसार स्कुल चोक देखि खोलाछेउसम्म बाटो बनाउने बजेट आएको छ ।बाटो निर्माण क्रममा रहेकाले पनि हिलाम्मे रहेको उनले बताए।

newskiran.com

newskiran.com

You May Also Like