माइतीघरमा लगातार प्रदर्शन


२५ जेठ २०७७ काठमाडौं । रुकुम जाजरकोटको घटनालाई लिएर क्रान्तिकारी माओवादीको ३ नं प्रदेशले आइतबार माइतीघर मन्डलामा सडक प्रदर्शन गरेको छ। प्रदर्शनमा नेकपा क्रान्तिकारी माओवादी वैद्य ३ नं प्रदेशका इन्चार्ज सागर, पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज क्षितिज, ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिना,युवाका
अध्यक्ष अमिर महर्जन,केसब डल्लाकोटी,सुरेश तामाङ् लगायतको उपस्थिति रहेको दलित मोर्चाका ३ नं प्रदेश संयोजक रुपा गेलालले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिइन्। राष्ट्र, राष्ट्रियता र जनजीविकाको विषय लिएर पार्टीले विगत देखिनै आन्दोलन गर्दै आएको छ ।अहिले दलितको मुद्दा उठिरहेको छ ।सरकार सबै जनता र जनजीविकासम्म पुग्न नसकेको गुनासो प्रदर्शनकारीहरुको छ।

newskiran.com

newskiran.com

You May Also Like