महालक्ष्मी जागरुक युवाले निशुल्क श्रमसेवा गर्दै


२१ जेठ २०७७ ।” राम्रो कुरा सबैमा हुन्छ तर उत्कृष्ट कुरा हुन स्वयम् चीज नै राम्रोपन हुनुपर्छ “भन्ने नाराका साथ श्री महालक्ष्मी जागरूक युवा क्लबले श्रमसेवा अभियान थालेको छ।एेतिहासिक पुरातात्विक धरोहर संरक्षण लगायत समाज सेवा कार्यक्रममा हातेमालो गर्दै क्लबले श्रमसेवा दिइरहेको उमङ केसीले बताए।उनी सो क्लबको अध्यक्ष समेत हन्।उनी भन्छन्- चौतारो,मठ मन्दिर ,प्रतीक्षालय निर्माण तथा रङरोगनमा क्लब मज्जाले खटिरहेछ।क्लबले वडा नं ४ मा पर्ने चौतारो,पुम्फु धारा र मन्दिर अनि महेन्द्र आदर्श स्कुल अगाडिको चौतारोमा सरसफाइ ,कलर तथा डस्पीन राखी संरक्षण गने कार्य हालै सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष केसीले निशुल्क श्रम बेच्दै भोलिका दिनहरुमा पनि यस्ता खाल्का कामहरु गर्दै जाने बताए । कोही सहयोगी दाताहरुले हालसम्म सहयोग गरेका छैनन् नत यस्ता युवाहरुको अभियानलाई सार्थक बनाउन वडा नगरको नै साथ रहेको छ ।नेपाल सरकारले बेरोजगार युवाहरुलाई रोजगारी दिन नसके भत्ता ख्वाएर पाल्ने बताइरहँदा यस्ता युवाहरुको जोस र जाँगर काम न दामको आँगरतिर त बदलिने होइन भन्ने चासो र चिन्ता मुलुकभर छ ।

क्लबले निशुल्क श्रम बेच्दै आइरहेका पनि अब आफ्नो अभियान सफल बनाउन कोही दाताको सहयोग आवश्यक ठान्न थालेको छ। सहयोग दाता वा कोही कसैले सहयोग गर्न चाहनु हुन्छ वा अप्ठेरोमा परेर निशुल्क श्रम सेवा चाहिएमा हामीलाई सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौ !! सम्पर्क नं-9808848650

newskiran.com

newskiran.com

You May Also Like