२० जेठ २०७७ । ललितपुर महानगर अन्तर्गत वडा नं -२८ को हरिसिद्धिमा मंगलबार साँझ एक्कासी कुकर पड्किएको छ ।कुकर पडकिंदा ग्याँस चुलो काम नलाग्ने भएको छ ।घट्ना साँझ ८ बजे ब्राइटर स्कुल नजिकै रहेको टहरोमा भएको हो।खाना पकाइ रहेको अवस्थामा कुकर एक्कासी पडकिएको हो। कुकर पड्किँदा कुनै मानवीय क्षति भने नभएको न्युजकिरण संवाददाताले बताएका छन्।कुकर पड्किदा भान्सामा कोही नभएकाले मानवीय क्षति हुन पाएन ।आठबजे साँझ कुकर पड्किएपछि केहीबेर हेर्नेहरु समेत त्रसित मुद्रामा देखिन्थे।