अखिल (क्रान्तिकारी)ले बाल्यो रामेछापमा राँके जुलुस


२० जेठ २०७७ ।नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले रामेछापको मन्थलीमा विरोध प्रदर्शन गरेको छ। सोमबार साँझ ८ बजे मन्थली भञ्ज्याङमा राँके जुलुस सहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा रोग ठुलो कि भोक ठुलो,जनतालाई राहत देउ,सिमा विवाद सुल्झाउ, राष्ट्रियता संरक्षण गरौं लगायतका नारा लगाइएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य विनोद केसीले न्युजकिरणलाई जानकारी दिए।

बिश्व नै COVID-19 मा थला परेको र नेपाल पनि अछुतो छैन् ।देशका ठुला भनौदाहरुले जनताको सामान्य जीवनयापनका कुरामा ध्यान नदिएको, ठुला रास्ट्रघाती सन्धीसम्झौता गर्न खोजेको ,
हाल विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन नसकेको ,
सिमाको सामान्य समस्या पनि चाडाे हल गर्न नसककेको,
असमान सन्धि सम्झौता विवाद शीघ्र हल नगरेको,
जातीय भेदभावमा परी जनताको निर्मम हत्या भएको र सरकारले त्यस विषयलाई गम्भीर रुपमा नलिएको जस्ता नारा लगाइएको थियो।

newskiran.com

newskiran.com

You May Also Like