१९ जेठ २०७७ काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी (वैद्य)अन्तर्गतको आधिकारिक पेशागत संगठनले हालै अर्थ मन्त्रीद्वारा गरिएको बजेट भाषणप्रति असन्तुष्टि जनाएको छ।बजेट भाषणमा एक बोर्डिङ स्कुलले एक सरकारी स्कुल हेर्नुपर्ने भनिएको थियो।यसको अर्थ अब सरकारी स्कुलहरु निजीकरणतर्फ जाँदै छ भन्ने अर्थ लाग्ने हुनाले संगठनले असन्तुष्टि जनाएको हो । संगठनका केन्द्रीय अध्यक्ष विजय रत्न बज्राचार्य र महासचिव उमानाथद्वारा लिखित सूचना सम्प्रेषणमा सो कुरा उल्लेख गरिएको छ।