अब बोर्डिङ्ले स्कुलले विकल्प नसोचे लगानी डुब्छ

१८ जेठ २०७७ काठमाडौं । शैक्षिक सत्र सुरु हुनु अगावै लकडाउन सुरु भयो। अघिल्लो वर्षको परीक्षाफल प्रकाशित गर्न नपाउँदा न स्कुलले फिस उठाउन पायो न शिक्षकलाई तलब दिन नै। अधिकांश अभिभावकले नानीबाबुहरुको परीक्षाफल लिन आउँदा फिस तिर्न आउने गर्दथे।फिस नउठाएपछि शिक्षकलाई तलब दिन नपर्ने भनेर कसैले हल्ला समेत फैलाइ दिए। अभिभावक आफ्नो गाउँघर फर्किए।उनीहरु बसेका र उनीहरुले प्रयोग गरेका कोठाभाडा अब घरबेटीले लिदैनन् होला।लिएपनि तिर्ने माध्यमबाट पैसा नआएपछि कसरी तिर्ने। घरबेटीले उसका सामानहरु जफत गर्नु अन्तिम अस्त्र हुन आउँछ।अब शिक्षकले तलब पूरै पाउने,आधा पाउने वा बेतलबी रहने भन्नेबारे बहसमा रहनु जरुरी छ। स्थानीय सरकारको अनुमति बिना अहिले केही गर्न पाइदैन् को अवस्थामा देश छ। वडा,पालिका,र नगर/महानगरसंग सर्वपक्षीय छलफल गरी सरकारी बजेट शिक्षामा लगानी गरेर अघि बढ्नु अहिलेको अपरिहार्यता हो।किनकि केहि स्थानीय निकायमा बोर्डिङहरुले रकमसमेत डिपोजिट गरिसकेका छन्।अब त्यही रकम खर्चेर भएपनि स्कुल चल्ने वातावरण तयार हुनुपर्छ।जब विद्यालयमा नानीबाबुहरु जान सुरु हुन्छ तब अभिभावक अफिस वा रोजगारीतिर लाग्न थाल्दछन् । एक्कासी लकडाउनले अहिले बोर्डिङ स्कुलहरु मारमा छन्।न शिक्षकलाई तलब खुवाउन सकेका छन् न आफ्नो विद्यार्थी जोगाउन सकेका छन्।लगानी करोड माथिको छ।डुब्न सक्ने खतरा अधिक छ।त्यसका बाबजुद पनि केहि बोर्डिङ स्कुलहरुले अनलाइनबाट परीक्षाफल प्रकाशित गरी अनलाइन पढाइ समेत गरिरहेका छन् त केहि अझै सरकारको निर्णय कुरीरहेका छन्। बोर्डिङ स्कुलले सरकारलाई कर तिर्छ त्यसैको आधारमा सरकारको सहयोगको अपेक्षा राख्नु स्वभाविक हो तर बजेट भाषण आइसकेकाले अब बाटो खुला बनेको छ।आफ्नो स्कुल आफ्नै पारामा चलाउन आँट नगरे पहिलो विद्यार्थी गुम्छ, दोश्रो स्कुलको घरभाडा तिर्न सकिदैन्, तेस्रो शिक्षकको तलब कसरी दिने,चौथो ठुला र साना बोर्डिङ बीच एकले अर्कोलाई डुबाउने खेल सुरु हुन्छ र पाँचौ लगानी माथि अनुतरित प्रश्नको बोझमा रुमलिनु सिवाय केहि हुँदैन्।लकडाउन जति पनि लम्बिन सक्छ यसको टुङ्गो नै छैन् त्यसैले लगानी कर्ताले बेलैमा बुद्धि पुर्याउनुको विकल्प छैन्।सरकारको मुख ताक्नुपर्ने भनेको लगानी डुबाउने हो।विगतमा भूकम्प पीडित र प्रभावितहरुले सरकारको मुख ताकिरहँदा आज सम्म पनि उनीहरु ऋणमा भासिएर अझै उठ्न सकेका छैनन्।अत:स्कुल मन्दिर हो खुलाउने प्रयास गरौं । शिक्षक पुजारी हुन्। विद्यार्थी दर्शनार्थी वा पुजागर्ने मानिस हुन् ।यसका लागि मन्दिर कुनै उपाय लगाएर खोल्नुको विकल्प छैन्। विद्यार्थीहरुको भविष्य सबै मिलेर बनाउनु पर्छ।केहि सिक्ने बेला उनीहरुलाई गट्टा खेलाडी बन्ने र बर्खे हिलोमा रमाउने तर्फ लाग्न दिनु राम्रो होइन्।

newskiran.com

newskiran.com

You May Also Like