लकडाउन अवधि जेठ ३२ सम्म सर्यो

width="574"
१८ जेठ २०७७ काठमाडौं ।नेपाल सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषदको बैठ्कले सो निर्णय गरेको हो।जेठ २० गते लकडाउनको अवधि सकिनै लाग्दा शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठ्कले कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सुझावमा लकडाउन लम्ब्याउने निर्णय गर्दै अन्र्तराष्ट्रिय सीमानाका र विमानस्थलहरु असार १३ गतेसम्म नखोल्ने निर्णय समेत गरेको बुझिएको छ ।

मन्त्रीपरिषदको बैठ्कले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना स्वीकृत गरेको छ भने विदेशबाट फर्किएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नु पर्ने प्रावधान पनि बनाएको छ।यसअघि शुक्रबार कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने कार्ययोजना तयार पारेको थियो ।कोरोना भाइरस संक्रमणबाट बच्न गत चैत ११ गते सुरु भएको लकडाउन अवधि पटक पटक थपिदै जाँदा जेठ ३२ सम्म पुगेको हो ।

newskiran.com

newskiran.com

You May Also Like