उपत्यकाका सडक सफाचट बन्दै

१६ जेठ २०७७।कोरोना भाइरस संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनसँगै सडक पिच गरिएपछि उपत्यकाका सडक सफाचट देखिन थालेका छन्।ललितपुर खरिबोट नजिकैको सडक पिच भएपछि सडक दृश्य सफाचट देखिन थालेको हो।प्राय:असार- श्रावणमा पिच गरिने यस्ता सडकहरु लकडाउनमा पिच भइरहेका छन्।

उपत्यकामा सडक मर्मत सम्भार कार्य लकडाउनमा पनि तीब्र गतिमा भइरहेको जनताले महसुस गर्न थालेका छन्।भित्री सडक समेत पिच भएपछि पैदलयात्रीहरु हिंड्न सहज भइरहेको बताउँछन् ।यसै हप्ता बालकुमारी पुलदेखि ग्वार्को चोकसम्मको भित्री बाटो पिच सकिएको हो।पिच बाटोमा पैदल यात्रामा संलग्न एक यात्रीले बताए।

गत चैत्रमा लकडाउन सुरु भएतापनि यसको अन्त्य अझै भएको छैन्। लगनखेल नजिकै बटुक भैरव मन्दिर छ जहाँ मन्दिर गेटमा केहि मानिसहरू त्यहि बास बस्छन् ।त्यसकै आसपासमा रहेको सडकमा दिउँसो छाडा कुकुरहरु सडकमै असरल्ल रमाइ रहेका देखिन्छन् ।गाडी र मानिसको यात्रा शुन्यहुँदा यस्ता कुकुर हरुले सडक भरिभराउ हुनु कुनै नौलो विषय होइन्।

newskiran.com

newskiran.com

You May Also Like