भूपाल उप्रेती किन सम्झी सम्झी उसलाई भनिरहेछन्.


म त आफ्नो सम्झी उसलाई धेरै माया गर्थे
तर मुखमा राम राम बगली छुरा राख्ने उसको बानी रैछ

हामी संगै बसी भविष्यका योजनाका कुरा गर्थ्यौ
तर बाहिर मिठा र भित्र खस्रा कुरा गर्ने उसको बानी रैछ

रक्सीको चुस्कीमा हामी घण्टौ तितामीठा कुरा गर्थ्यौ
तर त्यही रक्सी खाको कुरा गर्ने उसको बानी रैछ

उ बिरामी पर्दा म त आफुलाईझैँ उसको रेखदेख गर्थे
तर आफ्नो काम भएपछि वास्ता नगर्ने उसको स्वार्थी बानी रैछ

म त उसको खुसीमा मेरो खुसी देख्ने गर्थे
तर अरुको खुसीमा भित्रभित्रै जल्ने उसको बानी रैछ

म त यस्तै थिए,यस्तै छु सायद यस्तै रहनेछु
तर छेपारोझैँ छिनछिनमा रङ बदल्ने उसको बानी रैछ ।

newskiran.com

newskiran.com

You May Also Like