राष्ट्रपति विद्यादेवी भन्डारीबाट बैशाख ८ मा अध्यादेश प्रमाणिकरण


९ वैशाख २०७७(काठमाडौं) । राष्ट्रपति विद्यादेवी भण्डारीबाट
मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरिएको छ ।

सोमबार दिउँसो मन्त्रीपरिषद् बैठ्क बसेर यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
उक्त सिफारिस राष्ट्रपतिले प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आकस्मिक रूपमा दलसम्बन्धी अध्यादेश जारी भएपछि देशका केही ठुला राजनीति दलले बिरोध समेत गरेका छन्।

newskiran.com

newskiran.com

You May Also Like