२०७७ बैशाख ९ गते मंगलबारको राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकरात्मक सोचको कारण सामूहिक दायित्व हात लाग्नेछ । जीवन साथीको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्रसँगको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाव उत्पन्न गराउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यकता बन्न सक्ला । पारिवारिक साथ सहयोगले आम्दानी वृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानीले झन्झट आइपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेकोछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आवश्यक पर्न सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा वृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यताले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परिवारमा बिताएको समय फाइदा जनक रहला । प्रतिपक्ष सबल रहनाले तपाईंलाई आफ्नु कमजोरीको महशुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको स्वास्थमा देखिएको खराबीले मानसिक तनाव उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । लापरबाहीले धनमालको क्षति व्यर्होनु पर्ने सम्भावना रहेको छ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईंले बढी परिश्रम गर्नुपर्ने सक्छ ।

तुलाराशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईंको परोपकारी भावनाको फाइदा अरुले उठाउनाले तपाईं कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसीको लागी अनावश्यक समय र धन व्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय बन्न सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थान परिवर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफू भन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाइदा जनक रहनेछ । नयाँ कार्यको थालनीले मनमा उमङ्ग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा वृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोरञ्जनको क्षेत्रमा समय व्यतित गर्नुपर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परिश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलताको प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै वेश हुनेछ । मान्यजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य परिस्थति बिकराल बन्नाले प्रिय व्यक्तिहरुसँगको सम्बन्ध टाढिएला । जीवनसाथीको खराब स्वास्थले कार्यक्षेत्र प्रभावित रहन सक्नेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि तथा नेतृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको पूर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा विशेष ध्यान दिनु होला । परिस्थितिसँग जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्यको बेवास्ताले मान्यजनलाई ठेस पुग्नेछ । पारिवारिक सरसल्लाहबाट अगाडि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौद्धिक ब्य व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेकोछ । नयाँ लगानीमा उत्तम समय रहेकोछ ।

newskiran.com

newskiran.com

You May Also Like