बौद्ध तथा मेलम्ची घ्याङ्गुठीले गर्यो खाद्यान्न वितरण


९ बैशाख २०७७(काठमाडौं) । बौद्ध आसपासमा कामगर्ने दैनिक ज्यालादारीमा मजदुरी गर्ने विपन्न परिवारलाई बौद्ध तथा मेलम्ची घ्यांङ गुठीले सोमबार खाद्यान्न राहात वितरण गरेको छ ।यस गुठीका संरक्षक चिनिया लामा रहेका छन् । कोरोना भाइरसको महामारीले गर्द नेपाल सरकारले लकडाउन गरेपछि विपन्न तथा केही निम्न आय भएकाहरु समस्यामा पर्दै आएका छन्। न्युजकिरण संवाददाता मनिष तामाङका अनुसार
गुठीका प्रबन्धक निर्देशक नविन बज्र लामा लगाएतको टोली उपस्थित भएर १ सय ५० जनालाई खाद्यान्न राहत वितरण गरेको छ। टोलीले चामल, दाल, तेल, नुन सहितका खाद्यान्न राहात सामग्री वितरण गरेको हो ।

newskiran.com

newskiran.com

You May Also Like