‘क्रिसमस’डेको अवसरमा हाइभ्यु स्कुलले गर्यो अतिरिक्त क्रियाकलाप

ललितपुरको टिकाथलीमा रहेको हाइभ्यु बोर्डिङ स्कूलले मेरीक्रिसमसको उपलक्ष्यमा विभिन्न खेलहरुको आयोजना गरेको छ । आइतबार विद्यालय प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो । आन्तरिक खेलकुद कार्यक्रममा ,तातो आलु, म्युजिकल चेयर्स, हाजिर जवाफ, चकलेट टिपाइ लगायतका खेलहरु प्रदर्शित थिए । पढाइका अलावा अतिरिक्त क्रियाकलापबाट पनि विद्यार्थीले केही सिकून र जानुून भन्ने उद्देश्यका साथ खेलकुद कार्यक्रमको आयोजना भएको प्रधानाध्यापक सुन्दर श्रेष्ठले न्युजकिरण डटकम संवाददातासँग भने । क्रिसमस डे को अवसरमा विद्यार्थी भाइबहिनीहरुद्वारा आयोजित खेलकुद कार्यक्रम गरिएको उनले बताए । सुन्दर शान्त वातावरणमा पढाइ हुने हाइभ्यु स्कुल टिकाथली क्षेत्रकै नमुना स्कुलको रुपमा रहेको स्थानीय एक अभिभावकले बताए।
खेल्दै पढून-सिकून भन्ने उद्देश्यले आफ्नो स्कुल खोलिएको पनि श्रेष्ठले बताए । विद्यार्थीलाई शिक्षक शिक्षिकाले सैद्धान्तिक रुपमा किताबी ज्ञान र समाजका केही व्यवहारिक पक्ष पनि समयमै सिकाउन सके उनीहरु स्वावलम्बी भई आफ्नो शीघ्र लक्ष्य निर्धारण गर्न सक्दछन् । सिकाइ कालमा ज्ञान,सीप र व्यवहारबारे जानकारी हासिल गरेका विद्यार्थीहरुनै भविष्यका कर्णधार बन्ने हुनाले विद्यालयले पढाइका साथ यस्ता अतिरिक्त गराउने गरेको विद्यालय प्रशासनको बुझाइ रहेको प्रधानाध्यापक श्रेष्ठले बताए।

कार्यक्रम झलक:-