नेपाली कांग्रेसद्वारा जारी २ अध्यादेशको विरोध


९ बैशाख २०७७ । आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति
कोरोनाको संक्रमणसंग पूरै विश्व एक भएर लडिरहेको बेलामा नेपाल सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि जारी दुई अध्यादेश प्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

नागरिकको जीवन रक्षार्थका लागि सरकार गम्भीर नभएको भन्दै दुबै अध्यादेशप्रति नेपाली कांग्रेसले गम्भीर असहमति जनाएको हो ।
कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हर सम्भव सघाउंदै आएको छ। साथै यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु पनि हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।
आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो ।संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात त उलङ्घन गरेको छ ।

नेपाली कांग्रेसले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like