कोरोना भाइरस संक्रमण पछि गरिएको बन्दाबन्दी पीडितलाई युवा मञ्चद्वारा काभ्रेमा निशुल्क खाना

बनेपा, ८ वैशाख ।पनौती–बनेपा–काठमाडौँ चल्ने बसका सहचालक प्रकाश थामीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीपछि अहिलेसम्म अरुले जुटाइएको सामूहिक मेस खाना व्यवस्थामा खाना खाँदै आएका छन्। बाह्रबिसे नगरपालिका–४ सिन्धुपाल्चोकमा रहेको थामी होटलमा नै खाने र गाडीमा सुत्ने गरेर जीवन धान्दै आएका उनी बन्दाबन्दीमा होटलहरु बन्द भएपछि तीनचार दिनसम्म पानी र चिउरा मात्रै खाएर बस्थे ।पनौती युवा मञ्च काभ्रेपलाञ्चोकले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेपछि भने उनलाई पनि त्यहीं सामूहिक मेस मिलेको हो घरबाट काम खोज्दै निस्किएका उनी पहिला धुलिखेल–काठमाडौंको बसमा डेढ वर्ष काम गरेर अहिले पनौती काठमाडौंको गाडीमा काम थालेका थिए । काम हुने बेलामा त दिनको आठ सयसम्म कमाउने उनी त्यसैबाट खाने र बचेको रकम घरमा पठाउने गर्थे ।
कोरोनाको कारण काम नहुँदा यसरी खानाको व्यवस्था भएर राम्रो भएको छ ।”सोही रुटका सहचालकको काम गर्दै आएका खानीखोला गाउँपालिका वडा नं २ फलामेटारका अर्का मजदुर कुमार तामाङले पनि त्यहीँ सामूहिक रुपमा खाना खाएर गाडीको सुरक्षा गर्दै आएको बताएका छन् । बिना कोठा उनी गाडीमै सुत्ने र होटलमा खाना खाएर जीवन गुजारा गर्दै आएका थिए । काम गरेवापत् साहुले खानाबाहके अरु सुविधा नदिएको बताउँने तामाङ सीप सिकेर चालक बन्ने सोचमा छन्।

त्यस्तै अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएकी पनौती बजारका तारा लामाले पनि सोही ठाउँमा खाना खान्छिन् ।चार महिनाको काखे दुधे बालक भएकी उनी दैनिक अर्काको काम गरेर हातमुख जोड्ने काम गर्दै आएकी थिइन् । बन्दका कारण त्यो पनि गुमेपछि अरुले बाँडिदिएको ठाउँमा गएर उनी र एक छोरी पनि त्यहीं मेसमा गएर पेट भर्ने थालेको बताइन् ।
ललितपुर भट्टेडाँडाका जयराम दुलाल पनि पनौती बजारमा रिक्सा चलाएर जीविकोपार्जन गर्दे आएका छन् उनी पनि खाना त्यही समूहमा हुँदै आएको छ। तीन चार वर्षदेखि पनौतीमा रिक्सा चलाउने काम गर्दै आएका उनी स्थानीय युवाहरुले सबैलाई खाना ख्वाउन थालेपछि खान पाइएकोमा दंग छन् ।

युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले लकडाउनका कारण धेरैले खाना नै नपाउने अवस्था देखेपछि नगरपालिका प्रमुख भीम न्यौपाने र पनौतीको प्रहरीसँग अनुमति लिएर खाना ख्वाउने काम सुरु गरेको बताएका छन् । दिनमा ४५ जना जतिलाई दिनको २ पटक खाना ख्वाइएको मञ्चका अध्यक्षले बताए । स्थानीय जिरी रेष्टुरेण्टका सञ्चालक सञ्जय सिं ठकुरीले खाना बनाउने काममा सहयोग गरिरहेका छन् । गन्तव्यमा पुग्न नसकिने भोकाएका बाटोमा हिँड्ने यात्रुहरुलाई पनि खाना ख्वाउने व्यवस्था मञ्चद्वारा गरिएको छ । मञ्चका सदस्यहरु ५ देखि १० जना स्वंयसेवकको रुपका खटेर काम गरिरहेको राससले जनाएको छ।

newskiran.com

newskiran.com

You May Also Like