२०७७ बैशाख ८ गते सोमबारको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सभा समारोहमा सहभागी भई मिठो मसिनो भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्ने छ भने लगानी डुब्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा कमजोर भएको आभास हुने छ । माया प्रेममा सामान्य मनमुटाव हुने छ भने घर परिवार तथा पति पत्नी बीच घरायसी कुरामा भनाभन हुने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय दिनेहरुले चित्त बुझ्दो आम्दानी गर्न सक्ने छन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रसन्न रहने तथा आर्थिक रुपमा सबल होइने छ । नीति निर्माण तहमा तपाईंको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिस्पर्धीहरु तपाईंको क्षमता देखेर आफै किनारा लाग्ने छन् । पढाइ लेखाइमा प्रगति हुने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी भई तपाईंको प्रशंसा गर्ने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा नीति नियमको उल्लङ्घन गर्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ । आफन्त तथा अग्रजहरुसँग राय बाझिने तथा बिछोड सम्मको अवस्था आउन सक्छ । विदेशी लगानीबाट सञ्चालित संस्थाहरुमा काम पाउने तथा विदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यसायबाट मनग्य आम्दानी हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानी गर्दापनि प्रशस्त आम्दानी हुने समय रहेको छ । सहयोगीहरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुने छन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रसन्न रहने छ । विशेष समारोहमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने छ । सामाजिक काम गर्ने अवसर जुर्ने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जाने छ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जाने छ । पढाइ लेखाइमा विजयको योग रहेको छ भने पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यक्षेत्रमा तपाईंको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढी ध्यान दिनुहोला । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन बढी नै समय खर्चिनु पर्ने छ । पढा लेखाइमा समय दिए पनि सोचेजस्तो नतिजा नआउने हुनाले मन खिन्न हुने छ । परिवार तथा आफन्तजनलाई समय दिन नसक्दा मनमुटावको अवस्था सिर्जना हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समयमा काम नबन्ने तथा ऋण लाग्ने हुनाले मानसिक तनाब बढ्ने छ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पत्ति तथा रुपैँया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने तथा उत्पादन उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने छ भने जीवन साथीको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिने छ । लामो दुरीको व्यवसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोबछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जाने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायलाई लगानी बढाइ भनेजस्तो नाफा कमाउन सकिनेबछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईंकै पक्षमा आउने छन् । कार्यक्षेत्रमा आउने समस्याहरुलाई हल गर्ने क्षमता बढ्ने हुनाले कार्यसम्पादन मूल्याङकन सूचक बढ्ने छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने छ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्ने छ । काममा अप्रत्यासित बाधा व्यवधान आइलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरु भन्दा पछि परिने छ । बौद्धिक व्यक्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्नी बीच सामान्य मनमुटाव बढ्ने योग रहेको छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले मनग्य आम्दानी गर्न सक्ने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्य धन सम्पति कमाउन सक्नेछन् भने थप लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने छ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउन सकिने छ । माया प्रेममा नजिक हुँने समय रहेको छ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने छ । दाजुभाई तथा छिमेकीको सहकार्यमा राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

newskiran.com

newskiran.com

You May Also Like