बेलैमा बन्दाबन्दी गरिएकाले कोरोनाले भयावह रुप लिंदैन् : प्रधानमन्त्री


८ बैशाख २०७७(काठमाडौं)। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा बन्दाबन्दी गरिएकाले कोरोनाले भयावह रुप नलिने जिकिर गरेका छन्।शनिबार सञ्चारमाध्यम लाई विशेष अन्तर्वार्ता दिंदै उनले यसो भनेका हुन्। कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी,अन्तरराष्ट्रिय प्रवेश विन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन सक्दैन्। विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै बिस्तार गरिएको,सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको स्पष्ट पारेका छन् ।

बैशाख ६ गते शनिबार साँझ सञ्चारकर्मीहरूसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीले नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ ।’ लक डाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै प्रभावकारी यो विधि नेपालमा अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिएका छन्।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै विषयमा गरेको आग्रह तथा आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुुलुकहरुको सङ्गठन(नाम)ले चाल्ने कदमको समर्थन गर्दै साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गरेका छन्। कोरोना नियन्त्रणसँगै लकडाउन खुकुलो पारिने मात्र नभई अन्त्य गरिने भन्दै उनले कोरोना अन्त्य सुनिश्चित हुनका लागि कडाइका साथ लागिने दृढता पनि व्यक्त गरे ।

प्रधानमन्त्रीले विश्वमा करीब डेढ लाख मानिस बितेका छन्, बीसौँ लाख सङ्क्रमित छन्, शुक्रबार मात्र चार हजार मानिसको निधन भएको छ,यस्तो स्थितिम हामी नेपालमा नआओस् भन्नाका लागि हाल कोरोना नियन्त्रणसँगै लकडाउन कायम नै गर्छाैँ’ ।कोरोना विरुद्धको साझा लडाइँमा मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, कोरोना क्राइसिस म्यानेजमेण्ट सेण्टर जस्तै सबै निकाय लगायत सबैको जिम्मेवारी र भूमिका उतिकै रहने बताउँदै उनले यसको अन्त्यमा लाग्ने सबै व्यक्ति र निकायलाई फुटबल प्रतियोगितामा सबैको उत्तिकै भूमिका हुने फुटबल खेलाडीसँग तुलना गरेका छन् ।
कोरोना उपचारपछि नेपालले स्वास्थ्योपचार क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै त्यसका लागि हरेक जिल्लामा आवश्यक अस्पताल, शय्या, सघन उपचार कक्ष, आइलोशन वार्ड, पिपिई जस्ता स्वास्थ्य विषय आधार बनेको बताए । दुई तिहाइ नजिकको जनादेश प्राप्त सरकार हुँदाहुँदै को’भिड–१९ को रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको खास अर्थ नै छैन्।

उनले सबै राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रिय अन्तरराष्ट्रिय गैसस, नागरिक समाज, व्यक्ति र जनतासँग सहकार्य गर्नाका साथै बैठक, भेला गरी परामर्श गरेको एवं रायसुझाव लिएको र राम्रो सुझाव ग्रहण गर्ने गरेको जानकारी दिएका छन्।
अन्य देशमा पनि त्यस्तो संयन्त्र नबनेको जनाउँदै उनले बनाउने नै भए आफ्नै अध्यक्षतामा सबै पक्ष राखी बनाउन सकिने विचार व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले आफूलाई सम्पत्तिको लोभ नभएकाले आफ्नो घर समेत दान दिएको बताउँदै परिवारका सम्पत्तिका रुपमा आफ्नो तलब र पत्नी राधिकाको पेन्सन मात्र बाँकि हुने बताएका थिए।यो खबरलाई राससले प्रकाशित गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like