४ राशिफल हुनेहरुको २०७७ अर्थात् २०२० मा भाग्य चम्किने

ऐजेन्सी,८ बैशाख २०७७। देव मानिने सूर्य पृथ्वीमा हुने सम्पूर्ण अस्तित्वको कारक र नवग्रहको राजा पनि हो। ज्योतिष शास्त्रका अनुसार २०२० अप्रिल १३ मा राशि परिवर्तन गरी सूर्यले राशिचक्रको एक परिक्रमा पूरा गरेर नयाँ परिक्रमा शुरु गरेको हो। मीन राशिबाट मेष राशिमा सूर्यले राशि परिवर्तन गरेसंगै विक्रम संवतको नयाँ वर्ष पनि शुरु भएको छ।राशि परिक्रमा गर्ने सूर्यले हरेक राशिमा फरक-फरक प्रभाव पर्ने गर्दछ।२०२० मा भने राशि अनुसार सूर्यको राशि परिवर्तनले सबै भन्दा धेरै निम्न राशिलाई लाभ मिल्नेछ । ती राशिहरु :-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेष सूर्यको उच्च राशि रहेको हुँदा राशिपरिवर्तनले प्रतक्ष्य लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार हुन सक्ला भने मानसिक तनाव दिरहेका समस्या देखि छुटकारा पनि मिल्नेछ। पद-प्रतिष्ठा वृद्धि हुने सम्भावना पनि छ। यस्तै शुभ समाचार पनि प्राप्त हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सूर्यको राशिले सिंह राशि हुनेहरुलाई धेरै लाभ दिलाउनेछ। राशि परिवर्तन पश्चात सिंह राशिको भाग्य भावमा सूर्य विराजमान रहने हुँदा भाग्यउदयको प्रवल सम्भावना देखिन्छ। सामाजिक रुपमा बढेको दायित्वले सम्मान दिलाउन सक्ला भने निर्णय क्षमतामा समेत वृद्धि हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

सूर्यको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई सकारात्मक प्रभाव पर्नेछ। आफू अनुकूल परिणामहरू प्राप्त हुँदा मन प्रसन्नित रहनेछ। प्रेम जीवन उल्लासमय रहँदा उर्जा बढेर जानेछ। मुद्दा-मामिलाबाट छुटकारा दिलाउन पनि सूर्यको राशी परिवर्तन सहयोगी हुन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सूर्य मेष राशिमा परिवर्तन गरेसँगै कुम्भ राशि हुनेहरुको सफल समय शुरु हुने देखिन्छ। आफूले सोचेका कार्य सफल हुनेछन्। यात्रा पनि परिणाममूखी हुन सक्लान्। निर्भयसँग गरिएका निर्णयले लाभ दिलाउनेछ भने दैनिकीमा नयाँ परिवर्तन पनि हुनेछन्।

newskiran.com

newskiran.com

You May Also Like