७ बैशाख २०७७(काठमाडौं)।यतिखेर देशै भर लकडाउनको असर परेको छ। सिन्धुपाल्चोक चौतारा साङ्गाचोकगढी न.पा. वडा न – ११ काभ्रे गाउँका किसानहरु मकै छर्नमै व्यस्त छन्।हाम्रा संवाददाता अमिट योञ्जनका अनुसार किसानहरु मल बोक्न,हलो जोतेर मकै रोप्नमा व्यस्त छन्।मकै छर्ने बेला भएका कारण बारीमै खाजा खाएर भनेनी उनीहरु आफ्नो काममा व्यस्त भएका हुन्।लकडाउनका कारण काठमाडौंमा काम गरी खाने वर्गलाई बाँच्न गाह्रो भएपछि आफ्नै गाउँघरतिर फर्किइ खेतीकिसानी गर्नेहरुको संख्या दिनदिनै बढ्दो छ।
सवारी साधनको आवतजावतको अभावमा बीच गन्तव्यमा रहेकाहरुलाई केन्द्र सरकारले स्थानीय सरकारको समन्वयमा गन्तव्यमा पुर्याउने काम गरिरहेको छ।केही यात्रुको भने बाटोमै कन्तबिजोक समेत भएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्दै गरेको भेटिन्छ। तर,जो लकडाउन अगावै आफ्नो जन्म थलो पुगे उनीहरुले आफ्नो ज्यानलाई भोकबाट बचाएको महशुस गरिरहेका छन्।गाउँका किसानहरु भन्छन् रोग त भोक पछिको कुरा हो । आफ्नो घरपरिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएकोमा सन्तोष मिलेको किसानहरु बताउँछन्।उनीहरु मकै छर्ने समयमा परदेशबाट आफ्ना छोराछोरीहरु आएकामा गर्व गर्छन्।केही समय अघि बाँझो जोतेर डल्ला फोरी मल हालेर मकै रोप्न ठिक पारिएको जग्गामा सहरबाट आफ्नाहरु गाउँमा थपिएपछि किसानलाई खेतालाको राहत मिलेको छ ।