विश्वमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने त्रिवि रहेको दाबी गर्दै ‘वर्ल्ड रेकर्ड’मा आवेदन

४९औं दीक्षान्त समारोहकाे अवसर पारेर त्रिभुवन विश्वविद्यालयले विश्वमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ।

एकै पटक ७३ हजार भन्दा बढी दीक्षित गर्ने अरु विश्वविद्यालय विश्वमा नभएको दाबी गर्दै सो रेकर्डका लागि विश्वविद्यालयले आवेदन दिएको हो।

गिनीज बुकका प्रतिनिधिहरूले दीक्षान्त समारोहमा प्रत्यक्ष अवलोकन गरेका छन्।सो आवेदनको अवलोक गर्न ‘वर्ल्ड रेकर्ड’ का प्रतिनिधिहरू काठमाडौँ आइपुगेका थिए

त्रिविकाे ग्रेस लिष्ट अनुसार व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी दीक्षित भए।

दिक्षान्त समारोहमा भौतिक रुपमा विद्यार्थी, अभिभावक, पर्यवेक्षक सहित १२ हजार ४१५ सहभागी हुने यस अघि त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।