७ बैशाख २०७७ (ललितपुर) उपत्यका हेर्न जानुपर्यो भने ललितपुरको झरुवाराशी गए पुग्छ। एक त त्यहाँ सन्तानेश्वर मन्दिरको दर्शन मिल्ने अनि अर्को सफाचट उपत्यका हेर्न पाइने।सदाझैं शनिबारको दृश्य त्यति खुलेको थिएन्। फाट्टफुट्ट पानी परिरहेको थियो भने हल्का तुवाँलोको दाग उपत्यकाभरि देखिएको थियो। सायद कोरोना घरसम्म नपसुन भनेर होला घरमाथि नै तुवाँलोले छेकेका घरहरुका दृश्य जस्तो लाग्थ्यो ।रमाइलो दृश्यमा एक युवतीले हेरिरहेकी थिइन्।खुला भ्रमणमा उनका तस्बीर कैद हुँदै थिए।
अलि तल खाल्डोमा एउटा हस्पिटल थियो।त्यसकै सामु एउटा फार्मेसी प्लाष्टिकले ढाके बन्देज बनाइएको थियो।सानो टाउको मात्र छिर्ने गरी खोलिएको त्यो फार्मेसी दृश्यले कोरोना भाइरस टाढैबाट तर्सेर भाग्दछ कि जस्तो लाग्थ्यो।केही गरी हाच्छ्यु आयो भने ढोका भित्रै वा बाहिरै बस्नुको विकल्प थिएन्।
दाजुभाई नामक फार्मेसी हो भनेर दर्शाउन होडिङ बोर्ड पनि राखिएका थिए।आसपासका खुद्रा पसल,होटल, तरकारी पसल र र मासु पसल भने ग्राहकहरु कतिखेर आउलान भन्दै पालो कुरिरहेका थिए। फार्मेसी भन्दा मासुपसल वा अन्य पनि त्यस्तैगरी छोपेर चलाउनु पर्ने तर थिएन। दाजुभाई फार्मेसीमा दाजुभाई नै बस्ने हुनाले नामाकरण गरिएको होकि जस्तो लाग्थ्यो।नजिकै रहेको हस्पिटल बन्द हुँदो हो भने फार्मेसीले सबै नभएनी हल्का बिरामीलाई उपचार तथा काम चलाउ दबाइ दिन सक्थ्यो। दाजुभाई रेडी पोजिसनमै नै बसेका हुन्थे।