६ बैशाख २०७७(काठमाडौं)नेकपा क्रान्तिकारी माओवादी (वैद्य) पार्टीले लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेका अलपत्र नेपाली नागरिकको उद्धार गर्न सरकारसँग माग गरेका छन्।शनिबार पार्टी स्थायी समिति बैठ्कले गरेका निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले उपत्यकासँगै देशका विभिन्न भाग र सीमापारि भारतमा अलपत्र अवस्थामा परेकाहरुलाई तुरुन्त उद्धार गर्न माग गरेका हुन् ।
उपत्यका र देशका विभिन्न जिल्लामा नागरिकहरू अलपत्र परेका छन् । तिनीहरुलाई उद्धार गरियोस् सरकार भन्दै वैद्यले आर्थिक तथा यातायात साधनको प्रवन्ध गरेर तिनको उचित व्यवस्थापन पनि गर्नु सरकारको दायित्व हो । उद्धारसँगै कोरोना फैलन नदिन आवश्यकता अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा तिनीहरुलाई राख्नुपर्ने मत वैद्यको छ ।खुला सीमाबाट विशेषतः कोरोना भाइरस संक्रमित भित्रिन सक्ने हुनाले चिन्ता बढेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
त्यसबाट बच्न अत्यावश्यक बाहेक भारतीय नाका बन्द गरेर तारबार लगाउन पर्ने माग वैद्य माओवादीले गरेको हो ।
स्वास्थ्यकर्मीई सुरक्षात्मक सामग्री, विमा लगायत सुविधा उपलब्ध गराउन पनि क्रान्तिकारी माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बसेको पार्टीको बैठ्कले १५ बुँदे निर्णय पनि सार्बजनिक गरेको छः-