लकडाउनमा बन्द भएका भाटभटेनी पसल खुल्दै


५ बैशाख २०७७(काठमाडौं)।लकडाउनका कारण बन्द गरिएको उपत्यकाका ठुला पसल भाटभटेनी भट्टाभट खुल्न थालेका छन्। बिराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा भाटभटेनी शुक्रबार खुला भएको जानकारीमा आएको छ। सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गर्दै आएको उपत्यका बाहिरका ती आउटलेट पनि शुक्रबार खुला गरिएको बुझिएको छ।
लकडाउनपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अबदेखि बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खोलेरै सेवा दिन थालेको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको छ। भाटभटेनीले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेका छौं ।

ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने तत्काल बन्द नै रहनेछ । पच्चीस जना भन्दा माथिको भीडभाड नगर्न नेपाल सरकारले लकडाउन आदेश जारी गरेसँगै सामाजिक दुरी कायम गर्न एकपटकमा १० जनाको दरले गेट प्रवेश गराइने र होम डेलिभरी सर्भिस् निरन्तर दिइने अफिसर पौडेलले बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like