२०७७ बैशाख ५ गते शुक्रबारको राशिफल


मेष: अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ।

वृष: स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

मिथुन: काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ।

कर्कट: आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ।

सिंह: कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।

कन्या: अवसरका लागि जोखिमपूर्ण काममा
जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला।

तुला: मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।

वृश्चिक: विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

धनु: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।

मकर: छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कुम्भ: कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्।

मीन: समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत
टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

newskiran.com

newskiran.com

You May Also Like