एसईई कसरी संचालन गर्ने अन्योल चाँडै हट्ने


४ बैशाख २०७७।कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनसँगै सरेको एसईई परीक्षा कसरी संचालन गर्ने भन्नेबारे गृहकार्य हुन थालेको छ।परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जसमा केही केन्द्र थपघट गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
परीक्षा बोर्डले यसअघि चैत ६ गतेदेखि एसईई, बैशाख ८ गतेदेखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षाको मिति तय गरेपनि अझै परीक्षा हुनेनहुनेबारे अन्योल स्थिति छlकतिपय सुझाव होम सेन्टर गर्ने आएपनि त्यसो नगरी परीक्षा दिने वातावरण सम्भव छ वा छैन् त्यो हेर्ने पौडेलले बताए।उनले घर पायक केन्द्र बनाउन गृहकार्य भइरहेको अनि एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी पनि रहेको बताएका छन् । परीक्षा बोर्डले बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने योजना बनाएको हो।

बोर्डका सदस्य, परीक्षा नियन्त्रक र केही उच्च अधिकारी बीच मंगलबार छलफल चलेको थियो । सो क्रममा अधिकांशले होम सेन्टर वा पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्न सुझाव दिएका थिए तर ११ हजार विद्यालयमा होम सेन्टर कायम गर्न असम्भव रहेको बहुमतबाट निष्कर्ष निस्कियो ।

प्याब्सन केन्द्रले भने होमसेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमक्ष आग्रह गरिसकेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताए।एसईई परीक्षामा करिब ५ लाख तथा १२ र ११ मा करिब ९ लाख गरी करिब १४ लाख विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोरोनाको कारण चैत ६ गतेदेखि सबै परीक्षा स्थगित भएर पठनपाठन बन्द रहेको छ । बोर्डले कक्षा १० मा १ हजार १ सय ९५ तथा कक्षा १२ र ११ मा १ हजार १ सय ४६ परीक्षा केन्द्र कायम गरेको छ ।
बोर्डले केही दिन गृहकार्य गरी परीक्षा केन्द्र थपघट गरेर परीक्षा चलाउने र +२ को परीक्षा पनि सँगै चलाउने योजना बनाएको छ भने लकडाउन खुल्नासाथ मन्त्रालयले नयाँ निर्णय दिने जानकारीमा आएको छ।

newskiran.com

newskiran.com

You May Also Like