४ बैशाख २०७७(काठमाडौं)।वैद्य माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष ईश्वर
तिमल्सिनाले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको लकडाउनबाट बिचल्ली भएको बताएका छन्। बिहिबार काष्ठमन्डप टेलिभिजनको राजनीतिक बहस कार्यक्रममा बोल्दै उनले ३० लाख अनौपचारिक र ४० लाख औपचारिक मजदुरको लकडाउनले बिचल्ली पारेको बताएका हुन्।उनले सरकारले गरेको एक्कासी लकडाउन पारा ठिक नभएकोमा आपति जनाउँदै बिना सूचना लकडाउन गर्नाले मजदुरहरुको बिचल्ली र अलपत्र परेको बताएका छन् ।
हुनेखानेको अवस्था घर भित्र बसेर खानेमा ठिक छ तर मजदुर त न आफ्नो घर पुग्न सकेका छन् न कोठामै बसेर खाने अवस्थामा छन् ।त्यसैले,यो लकडाउन नहटेसम्म मजदुर सडकमै अलपत्रमा पर्ने र लकडाउन सकिएपछि घर छिर्ने अवस्था कहिले आउला भनी वाध्यतामा परिरहेको उनले भनेका छन्।सरकारले मजदुरलाई हेर्दै हेरेन्।
चीनमा पढ्ने विद्यार्थीलाई जहाज पठाएर नेपाल भित्र्याउन सक्ने सरकारले मजदुरहरुलाई किन आफ्नो गाउँघर सम्म गाडीमा पुर्याइदिन नसकेको उनले रोष प्रकट गरे। बिहान कमाएर बेलुकी छाक टार्ने मजदुरलाई सरकारले न विशेष राहात
प्याकेज ल्याएको छ न हेर्न सकेको छ भन्दै भरत लामिछानेले चलाएको राजनीतिक बहस अन्तर्वातामा गुनासो पोखेका हुन्।
फेसबुक सहित तस्बीर कमेन्ट-