४ बैशाख २०७७(ललितपुर)।विदेशबाट फर्किएका ७० मानिसको कोरोना परीक्षण रिपोर्ट महालक्ष्मी नगरपालिकाले नेगेटिभ भेटेको छ। गत चैत २७ र २८ गते संकलित थ्रोट स्वाब नमूना परीक्षणमा कसैमा पनि संक्रमण नदेखिएको नगरपालिकाले एक अपिल मार्फत जानकारी गराएको हो ।हाल काठमाडौं उपत्यकामा कोरोना त्रास बढिरहेको र ह्वात्तै विकासले फड्को मारेको इमाडोल बस्ती महालक्ष्मी नगरपालिकामै पर्दछ।
नगरपालिकाको लुभु प्राथमिक स्वास्थ्य केन्द्रबाट ३० र इमाडोल हेल्थ पोस्टबाट ३० जनाको पीसीआर पद्धतिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्न पठाइएको थियो । परीक्षण फिर्ता आएपछि नगरका वडावासीहरु ढुक्क भएका छन् ।मेयर श्रेष्ठले उपत्यका खाल्डो घना बस्ती घरैघर भएकोले पनि अलि संक्रमण डर छाएको बताएका छन् ।उपत्यकामा हालै संक्रमित भेटिएपछि बिहान बेलुका सडकमा हिंडडुल गर्नसमेत बन्द गर्नुपर्ने नगरपालिकाले अपिल गरेको छ ।