आज वि.सं.२०८० साल मंसिर महिनाको १७ गते आइतबार, मंसिर कृष्णपक्षको षष्ठी तिथि , राशिफल हेर्नुहोस्

मेष
औसत समय चलिरहेको छ । धेरै जोखिमले भरिएका काम भन्दा औसत यात्रालाई ध्यान दिनु ठिक हुने देखिन्छ । बोलीको प्रभाव घट्न पुग्ने छ । परिवारका सदस्यहरुको सहयोगले गर्दा अवरुद्ध कामहरु अघि बढाउन सहयोग पुग्ने छ । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुने चुनौति रहने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

वृष
विश्वासिलो व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति प्रगति प्राप्त हुने छ । दृढ ब्यक्तित्व हुने र परिवारको साथ पाइने भएकाले कामहरुमा सहजता प्राप्त हुने छ । आर्थिक पक्ष सवल रहने छ । यात्रामा उत्साह आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन
अवसरका क्रमहरु आउने छन् । भायको साथ रहेकाले सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुमा लाभ उत्पन्न हुने छ । बोलीको प्रभावमा बढोत्तरी हुने छ । आर्थिक सहजता उत्पन्न हुने छ । पेशागत जीवन मध्यम खालको हुने छ । शेयर क्षेत्र पनि औसत खालको रहने छ ।

कर्कट
अरुको विश्वास आर्जन गर्न सकिने छ । मित्रहरुको साथ र समर्थनले सामुहिकताको भावना जागृत हुने छ । मेहनत र पराक्रमी बानीमा भने कमि आउने र आलस्यताले सताउने छ । ब्यक्तित्वमा केही गिरावट आउने छ । आर्थिक क्षति हुने चुनौति देखिएको छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ मिल्ने छैन् ।

सिंह
पेशा ब्यवसायमा सकारात्मक लाभ मिल्ने छ । आम्दानीमा सन्तोषजनक अवस्था नै हुने छ । बोलीको क्राममा अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या

दृढतामा बृद्धि हुने छ । कठिन कठिन कार्यमा अघि बढ्न मन लाग्ने छ । तर मनमा अस्थिर खाले विचारहरु बढि आउने छन् । भाग्य बलियो रहेकाले सफलताका दर बढि रहने छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
मनोबल उच्च रहने छ । तर आलोचना गर्नेहरुको संख्यामा बढोत्तरी हुने छ । रिस धेरै उठ्न जाने भएकाले संयमित रहनु होला । यात्रामा कठिनाई भोग्नु पर्ने छ । दाम्पत्य जीवनमा बादबिबाद र उल्झनको अवस्था आउने छ । शेयर बजार औसत खालको हुने छ ।

वृश्चिक
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरु देखा पर्ने छ । सन्तानका गतिबिधिबाट लज्जित हुनु पर्ने छ । प्रतिकुल समय चलिरहेकाले संयमित रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने समय चलिरहेको छ ।

धनु
भाग्यको बलियो साथ रहेको छ । थोरै सक्रियतामा पनि उच्च प्रतिफल प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । कर्मशिलता प्राप्त हुँदा व्यावसायिक जीवनमा पनि लाभ मिल्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर
उच्च मनोबल भएको र आँटिलो व्यक्तित्व बन्ने छ । मनमा सकारात्मक विचारहरु आउने र आँटेका कामहरु अघि बढ्ने छन् । भाग्य बलियो भएकाले पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । देखा परेका समस्याहरु समाधानतर्फ जाने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कुम्भ
आफुले राम्रो सोच्दा सोच्दै पनि परिवारका सदस्यहरुले यसको मर्म बुझिदिने छैनन् । समय प्रतिकुलताबाट गुज्रने छ । पारीवारिक जीवनमा द्वन्दात्मक अवस्था उत्पन्न हुने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा पनि गिरावट आउने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मीन
भविष्य प्रति चिन्तले मनमा भय उत्पन्न गराउने छ । नकारात्मक विचारले मनमा सताउने छ । दाम्पत्य जीवनमा कटुताको अवस्था आउने छ । पेशागत जीवन मध्यम खालको रहने छ भने आर्थिक अवस्थामा केही कमजोरी देखा पर्ने छ । यात्रामा भने सफलता प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)